जनकपुरमा एक व्यवसायीको गोली हानी हत्या



जनकपुरधाम । जनकपुरमा एकजना व्यापारीको गोली हानी हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका वडा नम्बर एकका मनोज साहको गोली हानी हत्या गरिएको हो ।

निर्माण व्यावसायी साहमाथि जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले गोली प्रहार गरेका हुन् । उनलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो ।

साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् । साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा साहमाथि लेनदेन विवादमा गोली प्रहार भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।