जनकपुरमा एक व्यवसायीको गोली हानी हत्या



जनकपुरधाम । जनकपुरमा एकजना व्यापारीको गोली हानी हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका वडा नम्बर एकका मनोज साहको गोली हानी हत्या गरिएको हो ।

निर्माण व्यावसायी साहमाथि जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले गोली प्रहार गरेका हुन् । उनलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो ।

साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् । साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा साहमाथि लेनदेन विवादमा गोली प्रहार भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निहारिका र शिवराजबीच मिलापत्र

जनकपुरधाम । ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ

रविलाई ओलीले भने-गठबन्धनबीच भएको सहमति कार्यान्वयन हुनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने

काठमाडौँ । अर्थ मन्त्रालयले अनावस्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालु खर्च कटौतीको