‘सम्मानका साथ बाँच र बाँच्न देऊ’ भन्ने परराष्ट्र नीति बनाउनुपर्छ



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाउन सरकारलाई सुझाव दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता नेपालले मुलुकको आर्थिक समृद्धि र विकास नै अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउने मूल कसी भएकाले त्यसैमा केन्द्रित भएर अघि बढन सरकारको ध्यानाकर्षण गराए ।

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण अत्यन्तै भएको उल्लेख गर्दै छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई बलियो बनाई राख्न सबै राजनीतिक दलहरुबीच समान धारणा बनाउनुपर्ने बताए ।

नेता नेपालले ‘सम्मानका साथ बाँच र बाँच्न देऊ’ भन्ने नीतिनै नेपालको परराष्ट्र नीति रहेको पनि स्पष्ट पारे । उनले मुलुकको आर्थिक विकास र समृद्धि अनुकूल हुने गरी सबै नीतिहरु तय गरेर अघि बढनुपर्नेमा पनि जोड दिए ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले मुलकुको विकास र समृद्धिको बाटोलाई झनै सुगम बनाएको पनि नेता नेपालको भनाई थियो । कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै यसले नेपालको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उनले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई विकास गरेर मुलुकलाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले आधार तय गरि दिएको पनि बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाललाई एक दशक अघि बढाउने गरी उपलब्धि हासिल गराएको दावी गरे । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल भएको र यसले मुलुकको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि बताए । भट्टराईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको अन्तराष्ट्रिय प्रतिष्ठालाई पनि उँचो बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार

इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फाेटाेफिचर)

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको

पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना