उपप्रधानमन्त्री पोखरेलद्वारा पर्यावरण जोगाउन विकसित मुलुकको ध्यानाकर्षण



काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले चुनौतीको सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् ।

चीनको राजधानी बेइजिङमा जारी नवौँ बेइजिङ स्याङ्सन फोरमको साना र मध्यम मुलुकका साझा स्वार्थ र सुरक्षाका विषयको सत्रमा मंगलबार सम्बोधन गर्दै आफ्नो तर्फबाट कुनै कमजोरी नहुँदा पनि नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याबारे विकसित र औद्योगिक मुलुकको ध्यानाकर्षण गराएका हुन् ।

उनले हिमालय क्षेत्रको संवेदनशील पर्यावरणबारे सबैमा सचेतना बढाउन र जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने दिशामा पारस्परिक सहयोगलाई अभिवृद्धि गर्न नेपालले सन् २०२० को अप्रिलमा सगरमाथा संवाद आयोजना गर्न लागेकाले त्यसका लागि आमन्त्रण गरे ।

कुनै एक ठाउँको गरीबी सबै ठाउँको सुरक्षा, शान्ति र स्थायित्वका लागि चुनौती भएकाले विकसित मुलुकले आफ्नै सुरक्षाका लागि पनि कम विकसित मुलुकको विकासमा सहयोग गर्न आवश्यक रहेकामा उनले जोड दिए ।

एक दशक लामो द्वन्द्वलाई आफ्नै मौलिक शान्ति प्रक्रियाबाट हल गरी नेपाल भर्खरै गणतान्त्रिक संघीय संरचनामा प्रवेश गरेको र मुलुकमा राजनीतिक स्थायित्व र शान्ति कायम भएको जनाउँदै उनले वर्तमान सरकारको ध्यान अब आर्थिक समृद्धि र सुशासनलाई प्रवद्र्धधन गर्ने दिशामा केन्द्रित भएको बताए ।

‘समृद्ध नेपालः सुखी नेपाली’ को दीर्घकालीन सोचअनुसार वर्तमान सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, उद्योग क्षेत्रको विस्तार, जलविद्युत, पर्यटन र पूर्वाधार क्षेत्रको विकास तथा शिक्षा र स्वास्थ्य क्षेत्रको गुणात्मक सुधारलाई रणनीतिक क्षेत्रको रूपमा पहिचान गरी विभिन्न कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उनले विश्वका १४ मध्ये १० उच्च हिमशृंखला भएको, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि तथा कला र संस्कृतिमा धनी देश नेपालले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले त्यसमा पनि निमन्त्रणा गर्नुभएको रक्षा मन्त्रालयले जनाएको छ ।

विश्वका ६८ देशका ६०० भन्दा बढी प्रतिनिधिले भाग लिएको फोरमको उद्घाटन सत्रमा चीनका राष्ट्रपति सी चिनफिङले शुभकामना मन्तव्यमार्फत चीन विश्व शान्ति, स्थायित्व र मानवजातिको संयुक्त समृद्धिको पक्षमा रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली भूटानी शरणार्थी प्रकरण : थप चार जनाको बयान लिइयो

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको

प्रधानमन्त्री र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका

सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी

नेपालको भूमि समावेश भारतको नक्सा नेपालमाथिको अपमान होः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका भूमि समावेश गरी आफ्नो नयाँ संसद भवनमा