काठमाडौं । गायक दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको जानकारी दिए ।
उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको आलोचना हुँदै आएको छ ।
काठमाडौं । ’हामी यस्तै त होनि ब्रो’ भन्ने र्यापबाट चर्चामा आएका भिटेन उर्फ समीर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई जावलाखेलबाट पक्राउ गरेको हो । उनले गाएको गीतमा ’प्रहरी जेल भित्र गाँजा खाँदै मस्ती’, प्रहरी पोशाक लगाएर प्रहरीलाई डण्ठे शब्द प्रयोग गरेका थिए । उनलाई कानुनी…
गण्डकी । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुगेका छन् । गत तीजको छेकोमा उनीद्वारा अभिनित गीत ‘झुम्का हरायो...’को म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको अभिव्यक्ति त्यसकै सार थियो । त्योबेला थापाले भनेका थिए, “अबदेखि उट्पट्याङ खालको सिर्जना…
चर्चित गायक दुर्गेश थापाको अभिनय रहेको आधी कपाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र गायिका समीक्षा अधिकारीले आवाज दिएका छन् । यही गीतबाट नायिकाका रुपमा देखापरेकी एलिजा गौतमले दोहोरी गीतमा डेब्यु गरेकी छन् । उनको साथै गीतमा बाल गायिका आयुषा गौतमको अभिनय…