नेपाल बंगलादेश व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौंमा सुरु



काठमाडौं । नेपाल बंगलादेशबीच सहुलियत पुर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाण्डौमा सुरु भएको छ । काठमाडौमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ ।

विशेष गरेर क्षेत्रीय उडान, उर्जा, जलमार्ग, कृषि उत्पादनको निकासी, खाद्य सुरक्षा, नेपाली धागो निकासी तथा दुवै देशका उपभोग्य वस्तुको आयात निर्यातबारे छलफल गरिने बताइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बैठकले दुई देशबीचको व्यापार विस्तारका सम्बन्धमा ठोस निर्णय हुने बताए ।

बंगलादेश वाणिज्य मन्त्रालयकी सह सचिव सरिफा खानले दुई देशबीचको व्यापार प्रवद्र्धनका सम्बन्धमा यसअघि पनि छलफल भईसकेकाले बैठकले त्यसबारे महत्वपुर्ण निर्णय गर्नेमा आफु आशावादी रहेको बताए ।

प्राविधिक समितिको बैठकले गरेका निर्णयहरु दुवै देशको सचिवस्तरीय निर्देशक समितिले अनुमोदन गरेपछि कार्यान्वयनमा जाने छ । बैठकमा नेपालका तर्फबाट १५ र बंगलादेशका तर्फबाट ७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छन् । बैठक बुधबार सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परी सिरहामा बालिकाको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा

आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ

काठमाडौँ । काठमाडौंको तिनकुने क्षेत्रमा चैत्र १५ गतेको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा

चैते धानखेतीमा तनहुँका किसानलाई आकर्षित गर्न अनुदान

तनहुँ । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवद्र्धन कार्यक्रम’

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको