नमूना जनगणना आगामी माघ एक गतेबाट सुरु हुने, शिक्षकलाई नराखिने



काठमाडौं । राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना आगामी माघ एक गतेबाट सुरु हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो ।

सही तथ्यांक ल्याउने उद्देश्यका साथ नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सूरु गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

नमूना जनगणनाका लागि सुपरीवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ । सुपरीवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको विभागका निर्देशक लामिछानेले बताए ।

यस अघि शिक्षकहरुलाई जनगणनाको गणकको रुपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरुलाई यसमा परिचालन नगर्ने स्पष्ट पारेको छ । सबै प्रदेशको २÷२ जिल्लामा हुने नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ । विभागले नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेरी अस्पताल पुनः उत्कृष्ट

बाँके । मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल

ट्रेडोस डब्ल्युएचओको महानिर्देशकमा पुनः निर्वाचित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा डा. ट्रेडोस अधानोम गेब्रेयसस पुनः निर्वाचित

अमेरिकाबाट नेपाल फर्काइयो पाँच वटा ऐतिहासिक मूर्ति

काठमाडौं । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाललाई

सबै श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउने सरकारको नीति, कहिले पूरा होला ?

काठमाडौं । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको तीन आर्थिक वर्ष नाघे पनि सामाजिक