नमूना जनगणना आगामी माघ एक गतेबाट सुरु हुने, शिक्षकलाई नराखिने



काठमाडौं । राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना आगामी माघ एक गतेबाट सुरु हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो ।

सही तथ्यांक ल्याउने उद्देश्यका साथ नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सूरु गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

नमूना जनगणनाका लागि सुपरीवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ । सुपरीवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको विभागका निर्देशक लामिछानेले बताए ।

यस अघि शिक्षकहरुलाई जनगणनाको गणकको रुपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरुलाई यसमा परिचालन नगर्ने स्पष्ट पारेको छ । सबै प्रदेशको २÷२ जिल्लामा हुने नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ । विभागले नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

पाल्पामा डढेलोले सात सय ११ हेक्टर वन क्षेत्र नष्ट

पाल्पा । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न

रुपन्देहीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक

पोखराबाट अन्तर्राष्ट्रिय उडानका सम्भावना बढ्यो

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको