एनआरएनएले भ्रमण वर्षमा ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाऊ’ अभियान संचालन गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ’ अभियान संचालन गर्ने भएको छ । एनआरएनएले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन यस्तो अभियान संचालन गर्ने भएको हो ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यबीच काठमाडौंमा भएको १७ बूँदे सम्झौंतामा सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघ, संस्थालाई नेपाल सरकारले सम्मान गर्र्ने पनि उल्लेख गरिएको छ ।

२० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन जनवरी १ मा हुँदैछ । भ्रमण वर्ष नजिकीहरेका बेला सचिवालयले त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिन एनआरएनएसँग पनि सम्झौता गरेको हो ।

सम्झौतामा विश्वभर गरिने एनआरएनएको औपचारिक सेमिनर, गोष्ठी लगायतका कार्यक्रम सो भ्रमण वर्षलाई लक्षित गरी नेपालमा नै आयोजना गर्न व्यवस्था मिलाउने, विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई विदा मनाउन नेपाल जाउँ अभियान संचालन गर्ने पनि सम्झौंतामा भनिएको छ ।

कार्यक्रममा ‘नेपाल भ्रमण वर्ष–२०२०’ का सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने नेपाल सरकारको लक्ष्य पूरा गर्न गैर आवासीय नेपालीहरुलाई आवश्यक सहयोग गर्न आग्रह गरे । विश्वमा नेपालबारे नकारात्मक प्रचार हुन नदिन पनि उहाँले गैर आवासीय नेपालीहरुलाई पटकपटक आग्रह गरे ।

राष्ट्रिय कार्यक्रम संयोजक बैद्यले नेपाल भ्रमण वर्ष २०२० को प्रचार अभियानलाई विश्वभर संचालन गर्ने उल्लेख गर्दै त्यसमा विशेष सहयोग गरिदिन पनि एनआरएनएको ध्यानाकर्षण गराए ।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तले नेपालको समृद्धिका लागि पूँजी र प्रविधि भित्रयाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालको समृद्धिको मुख्य आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि आरआरएनएको नयाँ नेतृत्वले प्रविधि र त्यसका लागि आवश्यक ज्ञानको आपूर्ति गर्न विशेष जोड दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

एनआरएनएले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशस्थित नेपाली नियोग र दुतावासहरुमा ‘भ्रमण वर्ष प्रवद्र्धन कक्ष’ स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत

काठमाडौँ । सिंहदरबारस्थित ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत देखिएको

चैत ७ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौँ । आगामी चैत ७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ कार्यक्रम

अग्रगामी एजेन्डामा जानुको विकल्प छैन, पछाडि फर्कने तर्फ कसैले सोच्छ भने परिणाम राम्रो हुन्नः अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी

न्यून भिजिविलिटीका आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फका हवाई उडान