न्यायाधीश शाहीलाई बर्खास्त गर्न सिफारिश



काठमाडौं । गोर्खा ब्रुअरीको करसम्बन्धी मुद्दाबारे क्षेत्राधिकार मिचेर सुनुवाई गरेको आरोप लागेका उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गर्न न्यायपरिषद्ले सिफारिस गरेको छ ।

परिषदको बैठकले पद अनुकूलको आचरण गरेको नदेखिएको भन्दै शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो । परिषदको सिफारिसपछि प्रधानन्यायाधीशले उनलाई बर्खास्त गर्नेछन् ।

गोर्खा ब्रुअरीको करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको भन्दै शाहीसहित अन्य २ न्यायाधीशमाथि छानविन गर्न सर्वोच्च अदालतले आदेश गरेको थियो । क्षेत्राधिकार मिचेर आदेश भएको भन्दै आन्तरिक राजस्व कार्यालय भरतपुरले सर्वोच्चमा रिट दिएपछि प्रधानन्यायाधीश चोलेन्द्र राणाको इजलासले उनीहरूमाथि छानबिन गर्न आदेश दिएको थियो ।

उक्त आदेशपछि सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको एक सदस्यीय छानबिन टोली गठन भएको थियो । छानबिन समिति गठन भएपछि न्यायाधीश रामचन्द्र यादव र जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका थिए । उनले छानबिन प्रतिवेदन दिएपछि न्यायाधीश शाहीलाई परिषदले बर्खास्त गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल– चीन पर्यटन प्रवर्द्धनको प्रयास

काठमाडौँ । नेपाल र चीनबीचको सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै

जाजरकोटमा जिप दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुई मजदूरको मृत्यु

कर्णाली । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । कार्कीगाउँबाट जतिपुरतर्फ

सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिरोको जोखिममा परेको छ

रामेछापको सुन्तलाले बजार पाएन

मन्थली । रामेछापको सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन्