प्रहरी सहायक निरीक्षक चौधरी १३ हजार रुपैयाँ घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट, कठुरधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई १३ हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट कार्यालयबाट खटिएको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएका चौधरीको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी अख्तियारले नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी उपर आरोपपत्र दायर गरेको छ । जोशीले जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्डमा जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोग टङ्गालबाट खटिएको टोलीले निज सर्भेक्षक जोशीलाई  आठ हजार घुसबापतको रकमसहित नियन्त्रणमा लिएको हो । उनीहरुलाई भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

त्यस्तै सब डिभिजन वन कार्यालय, प्रतापपुर नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का सहायक वन अधिकृत पर्शुराम चौधरी उक्त वन कार्यालय रहेका घरधनी मनोजकुमार शर्मा उपर आरोपपत्र दायर गरिएको छ ।

अभियुक्तद्वयलाई सेवाग्राहीसँग ६५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो । भ्रष्टाचार ऐनबमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी । असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन्

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली (हुम्ला) । हुम्ला जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा

निरन्तरको पहिरोले कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण शनिबार पनि बन्द नै

नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा काठमाडौंमा सिजाङ सांस्कृतिक सप्ताह सुरु

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा शनिबारदेखि