नेपाल टेलिकमको अटम अफर, दश रुपैयाँमा एक सय मिनेट कुरा गर्न पाइने



काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले बिहीबार प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा बिहीबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।

यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको छ ।

डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।

एफटीटीएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको  एक हजार २०० को प्याकलाई एक हजार, तीन हजार ४०० रुपैयाँको प्याकलाई तीन हजार, ६ हजार ४०० को प्याकलाई पाँच हजार, पाँच सय र १२ हजार ३०० को प्याकलाई अब १० हजार ५०० रुपैयाँ मात्र पर्ने भएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले १४१५ मा डायल गर्नुपर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरीद गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

पाल्पामा डढेलोले सात सय ११ हेक्टर वन क्षेत्र नष्ट

पाल्पा । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न

यस्तो छ विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

रुपन्देहीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक