२४ वर्षभित्र मुलुकमा गरिवी निवारण गरिसक्ने लक्ष्य



काठमाडौं । सरकारले २४ वर्षभित्र मुलुकमा गरिवी निवारण गरिसक्ने लक्ष्य लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले आगामी २४ वर्ष भित्र नेपाललाई गरिवीमुक्त राष्ट्र बनाउने लक्ष्य लिइएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा उनले गरिवी निवारणका लागि सरकारले सो सम्बन्धि छुट्टै नीति तय गरेको पनि स्पष्ट पारे ।

मुलुकमा १८ दशमलव ७ प्रतिशत नागरिक गरिवीको रेखामुनि रहेको सरकारी तथ्यांक छ । सचिव गौतमले गरिवीको रेखामुनि रहेका ती जनसंख्यालाई गरिवीबाट मुक्त गराउन सम्बन्धित सबै पक्षको संयुक्त पहलको आवश्यकतामा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चैते धानखेतीमा तनहुँका किसानलाई आकर्षित गर्न अनुदान

तनहुँ । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवद्र्धन कार्यक्रम’

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

पाल्पामा डढेलोले सात सय ११ हेक्टर वन क्षेत्र नष्ट

पाल्पा । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न

यस्तो छ विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण