सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिएको बताएका हुन् ।

मुलुक संघीयतामा गईसकेकाले सोही अनुसारको स्वास्थ्य संस्थाहरुको स्थापना गर्न सरकार लागि परेको राज्यमन्त्री यादवेको भनाई छ ।

विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले सबै प्रदेशमा स्वास्थ्य प्रयोगशालाहरुको स्थापनाको कामलाई सुरु गरेको जानकारी दिए ।

राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको पनि दोेहोर्याए । उनले आवश्यक नीति नभएका कारण कतिपय स्वास्थ्य संस्थाहरु चाहेर पनि बनाउने अवस्थामा नरहेको बताए ।

त्यस अवसरमा राज्यमन्त्री यादवले वीर अस्पतालमा रहेको राष्ट्रिय ट्रमा सेन्टरलाई विश्व स्तरको सेवा, सुविधायुक्त बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा फागुन २३ गतेका लागि संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजे बस्ने गरी

यसवर्षको जाडो सकियो, प्रि–मनसुन शुरु

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ ।

२०७८ सालमा तीन वटा दशैँ, असोज २९ गते विजयादशमी

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र

पूर्वप्रधानमन्त्री भट्टराईको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, मंगलबार स्वदेश फर्किने

दिल्ली । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले बताएका छन्