विप्लव नेतृत्वको नेकपाका २१ नेता दाङबाट पक्राउ
काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । दाङको राजपुर–४ मुंग्रेटाखोलामा राप्ती ब्यूरोको बैठक बसिरहेका बेला प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले बैठकस्थलबाट विप्लवका दाजु चन्द्रबहादुर चन्द, राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठालगायत २१ जना नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश ब्यूरो तहका नेता रहेका छन् ।