नेकपाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं । दोलखाबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सांसद पार्वत गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

ज्यान मार्ने उद्योग गरेको अभियोगमा उनीविरुद्ध पक्राउ पूजी जारी भएको हो । नेकपा केन्द्रीय सदस्यसमेत रहेका गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखामार्फत गत असोज ८ गते पक्राउ पूर्जीको म्याद तामेल गरेको हो ।

आफूविरुद्ध जारी ३५ दिने पक्राउ पूर्जीबारे सांसद गुरुङ पनि जानकार रहेको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतले गत भदौमै पत्र पठाएर गुरुङलाई उपस्थित गराउन दोलखा प्रहरीलाई भनेको थियो ।

२०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि काठमाडौंका गौशालामा भएको सांघातिक आक्रमणको घटनामा संलग्न भएको अभियोगमा सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।

सांसद गुरुङले पनि तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र रहँदा भएको घटनालाई लिएर पूर्वमाओवादीहरूले पूर्वाग्रह साँधेर आफूविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले

कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको

पूर्वराजाले बार्गेनिङको कुरा गर्ने होइन, सिधा मैदानमा आउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट