गैरआवासीय नेपालीलाई जन्मभूमिमा लगानी गर्न राष्ट्रपतिको आग्रह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आग्रह गरेकी छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं सम्मेलनको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै लगानीका लागि आग्रह गरेकी हुन् ।

गैरआवासीय नेपालीहरूले विदेशमा सिकेका सीपलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न पनि उनले आग्रह गरिन् । लगानी सुरक्षाका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको राष्ट्रपतिको भनाइ थियो ।

बिहीबारसम्म चल्ने सम्मेलनमा सहभागी हुन ८१ देशबाट एनआरएनएका प्रतिनिधि काठमाडौं आइपुगेका छन् । सम्मेलनले अध्यक्षसहित १२ पदमा ४२ जनालाई चुन्नेछ । अध्यक्षमा वामपन्थीबाट कुमार पन्त र प्रजातान्त्रिक समूहबाट कुल आचार्य मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ऐनापहरामा ‘स्काइवाक’ निर्माण गरिने

  दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीयस्थल ऐनापहरामा ‘स्काइवाक’ निर्माणका लागि सर्भेसुरु गरिएको

शान्तिबाटिकामा राजावादीले दिउँसो २ बजेपछि कार्यक्रम गर्ने

काठमाडौं । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले बिहीबार दिउँसो २ बजेपछि

पूर्वमन्त्री आलम कारागारबाट रिहा

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री अफताब आलम जेलमुक्त भएका छन् ।

साउनयता प्राकृतिक कारणले मरे २८ गैंँडा

चितवन । गत साउनयता प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र