एनआरएनए सम्मेलनको तयारी पूरा, १५ सय प्रतिनिधि काठमाडौंमा



काठमाडौं । मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी पूरा भएको छ ।

एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन् ।

महासचिव केसीका अनुसार विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिसकेका छन् । दुई दिनसम्म चल्ने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ ।

विभन्न १४ पदका लागि ४२ जना चुनिने छन् । मतदानको कार्यतालिका २९ गते छ । आगामी नेतृत्वका लागि हालसम्म जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैबीच, एनआरएनए अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन् । यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा उम्मेदवार बनेका छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

काठमाडौँ । यसवर्षको आरोहण याम सुरु भएसँगै शुक्रबार सात जना शेर्पा सगरमाथा शिखरमा

विद्युत प्राधिकरणद्वारा डेडिकेटेड र ट्रंक लाइन बक्यौताको पुनरावेदनका लागि आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन बक्यौता सम्बन्धमा पुनरावेदनका लागि

नयाँदिल्लीस्थित नेपाली दूतावासले भन्यो-भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्देशनको पालना गर्नु

काठमाडौं । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारत पाकिस्तान तनावका कारण उत्पन्न परिस्थितिमा भारत

पाकिस्तानमा रहेका नेपालीलाई केही समस्या परे दूतावासमा सम्पर्क गर्न परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीहरूको सुरक्षामा नेपाल सरकार