‘भूजडित’ अब नेपाली भूराजनीतिको अभिन्न अवधारणा: रवीन्द्र मिश्र



काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धमा गुमेको साख माथि उठेको टिप्पणी गरेका छन् ।

नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी सी स्वदेश फर्किएको भोलिपल्ट मिश्रले अन्तर्राष्ट्रिय सम्बन्धमा गुमेको साख फिर्ता आएको बताएका हुन् । मिश्रले सामाजिक संजाल फेसबुकमार्फत सीको भ्रमणका बारेमा यस्तो टिप्पणी गरेका छन् :

१. चिनियाँ राष्ट्रपति सीको भ्रमण र भएका समझदारी/संझौताहरूले धेरै लामो समयदेखि नेपालको अन्तराष्ट्रिय संवन्धमा गुमेको साखलाई उठाउन मद्दत गरेको छ।

२. सीद्वारा प्रयुक्त ‘भूजडित’ शब्द नेपाली कुटनीतिमा फाट्टफुट्ट प्रयोग हुने गरेको थियो। अब यो नेपालको भूराजनीतिको अभिन्न अवधारणा बन्नेछ।

३. चिनले नेपाललाई विकास र संमृद्धिको ‘रणनीतिक साझेदार’ का रूपमा उल्लेख गर्दै त्यसै अनुरूपका कदमहरू चालेर नेपालका लागि चिनमात्र होइन, चिनका लागि नेपाल पनि त्यत्तिकै महत्वपूर्ण छ भन्ने स्पष्ट सन्देश दिएको छ। यो बदलिँदो विश्व राजनीतिको परिणाम हो।

४. यो भ्रमण र समझदारी/संझौताप्रति केही राष्ट्रहरूले विस्तारै देखिने/नदेखिने गरि विविध शैलीमा प्रतिकृया जनाउने छन्। त्यो हाम्रालागि अर्थपूर्ण हुनेछ। त्यसलाई ह्याण्डल गर्न कुटनीतिक दक्षताको आवश्यकता पर्छ।

५. वाचा गरिएका प्रतिवद्धता विरलै पुरा हुने विगत भएको परिप्रेक्षमा “वाचा गरेका प्रतिवद्धता पुरा गर्नैपर्ने” अडानले नेपाली पक्षलाई आश्वस्त पारेको हुनु पर्छ। तर त्यो नेपालको काम गराईको शैलीमाथिको कुटनीतिक टिप्पणी पनि हो।

६. गरिएका वाचा पुरा गर्न नेपालले निरन्तर लागि पर्नु पर्छ र काम शुरू भएपछि वातावरण अुनकूल बनाइदिनु पर्छ। ठेकदारहरू काम छोडेर भागेको स्थिति हामीले बारम्बार बेहोरेका छौँ। नेपाल त हो भनेर गुणस्तरमा संझौता गरेको पनि देखेका छौँ।

७. चिनियाँ राष्ट्रपतिको भ्रमणको परिप्रेक्षमा हाम्रा लागि महत्वपूर्ण अन्य केही राष्ट्रका कार्यकारी प्रमुखहरूको भ्रमणका लागि पहल गर्न अहिले उचित समय छ।

८. नेपालको राजनीतिक र प्रशासनिक तहमा सुशासन र छिटो/छरितो दक्षतापूर्ण काम गराईका लागि आमूल परिवर्तनकारी कदमहरू नउठाउने हो भने बदलिएको भूराजनीतिबाट हामीले फाइदा उठाउन सक्दैनौँ।

९. हामी चुक्यौँ भने हाम्रो राष्ट्रिय स्वार्थका लागि अरूले काँध थापिदिने छैनन्। उनीहरूकै स्वार्थ प्रधान हुनेछ, जसको चेपुवामा हामी पर्नेछौँ।

१०. यो ऐतिहासिक भ्रमणको तयारी गर्ने र सफल बनाउने सबै धन्यवादका पात्र हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीका लागि बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा

आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना कार्यक्रम

कञ्चनपुर । आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको

महाशिवरात्रिमा आकर्षक बनाइँदै पशुपति क्षेत्र

काठमाडौं । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको

मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी

कमलामाई । कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका