राष्ट्रपति सीको भ्रमणमा सुपुर्दगी सन्धिमा तत्कालै हस्ताक्षर नहुने



चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धी नहुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सीको शनिबार र आईतबार नेपालमा हुने राजकीय भ्रमणबारे पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् विज्ञहरुसँगको छलफलमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले चीनसँग सुपुर्दगी सन्धि नहुने प्रष्टयाएका हुन् ।

छलफलमा पूर्व प्रधानमन्त्रीहरुले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछिको यो भ्रमण ऐतिहासिक भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । अन्य राष्ट्रहरुसँग पनि छलफल गरेर सो प्रक्रियालाई अघि बढाउने तर चिनियाँ राष्ट्रपतिको भ्रमणमा सुपुर्दगी सन्धिमा सम्झौंता नहुने कुरा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएको पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।

छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने पूर्व परराष्ट्रमन्त्रीद्धय डा. रामशरण महत र डा. प्रकाशशरण महतले चीनसँग ऋण नभई अनुदान सहायता लिएर रेल सेवा विस्तारको कामलाई अघि बढाउन पहल गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमणमा रेल, सडक, विद्युतीय ट्रान्समिसन लाईन विस्तारलगायतका कनेक्टिभीटीका विषयमा पनि छलफल हुने जानकारी गराएका थिए ।

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछिको यो भ्रमणलाई सफल बनाउने विषयमा एजेन्डा तय गर्न प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीसहितको विज्ञहरुसँग सामूहिक छलफल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई

पर्यटक आगमनमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा

सगरमाथा आरोही बुढामगरलाई एमालेको सम्मान

काठमाडौं । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको

राष्ट्रपतिद्वारा रेशम चौधरीको बाँकी कैद मिनाहा

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको फैसलाबाट