बडादशैंको नवौँ दिन आज सिद्धिदात्रीको पूजा गरिदैं



 

नेपालीहरुको महान चाड बडादशैको नवौँ दिन अर्थात् महानवमी आज सिद्धिदात्रीको पूजा हुदैंछ ।

बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये सिद्धिदात्रीको पूजा हुन लागेको हो । घटस्थापनाका दिन आ आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने गरिन्छ ।

महानवमीका अवसरमा आज दशैँघर र कोत लगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बलिसहित विशेष पूजाअर्चना गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला लगायतको बलि दिने र नरिवल चढाउने गर्छन् ।

पुराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेकहरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ ।

हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि बर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ । हनुमानढोकाको दशैँ घर लगायत कतिपय समुदायले हिजो महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आआफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाएका छन् । आजै सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल-भारत सीमामा कडाइः कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

बैतडी । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क

समाजवाद उन्मुख देशका मानिस आफ्ना खर खाँचोको लागि किन मिटरब्याजी समक्ष ऋण लिन जान्छन् ?

केशवप्रसाद भट्टराई । १. हामीसँग स्थानीय र प्रदेश सरकार पनि छन् तर उखु

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन