बडादशैंको नवौँ दिन आज सिद्धिदात्रीको पूजा गरिदैं



 

नेपालीहरुको महान चाड बडादशैको नवौँ दिन अर्थात् महानवमी आज सिद्धिदात्रीको पूजा हुदैंछ ।

बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये सिद्धिदात्रीको पूजा हुन लागेको हो । घटस्थापनाका दिन आ आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने गरिन्छ ।

महानवमीका अवसरमा आज दशैँघर र कोत लगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बलिसहित विशेष पूजाअर्चना गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला लगायतको बलि दिने र नरिवल चढाउने गर्छन् ।

पुराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेकहरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ ।

हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि बर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ । हनुमानढोकाको दशैँ घर लगायत कतिपय समुदायले हिजो महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आआफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाएका छन् । आजै सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार

भोजपुर। रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न

मुगुमा भूकम्प

काठमाडौं । मुगुमा भूकम्प गएको छ । शुक्रबार बिहान ८ बजेर ३ मिनेटमा

गतवर्षको तुलनामा वीरगञ्ज नाकाबाट धानचामल आयात ६० प्रतिशतले बढ्यो

पर्सा । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ ।

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर । कञ्चनपुर  जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति