तरकारीको मूल्य आकासियो, अनुगमन नहुँदा भाउ बढेकोमा उपभोक्ताहरुद्वारा गुनासो



दसैंमा तरकारीको मूल्य पनि ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन ।

दशैंको बेलामा काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन् ।

दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ । दसैंमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्य ह्वात्तै बढन गएको पनि उपभोक्ताहरुको भनाई छ ।

कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी १२० रुपैयाँ मूल्य रहेको छ । बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी १६० सम्म पु¥याएका छन् । त्यसैगरी अदुवाको मूल्य पनि प्रतिकेजी २४० रुपैयाँ पु¥याइएको छ ।

कालीमाटी होलसेल बजारमा खोर्सानी प्रतिकेजी ३८० रुपैयाँमा विक्री गरिएको छ भने यसलाई बजारमा ४०० रुपैयाँसम्ममा विक्री गरिएको छ । विशेष गरी दसैंमा सवारी साधान नचलेपछि तरकारीको आपूर्तिमा पनि कमी आएको छ ।

यता, सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दसैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने बस्तुहरुको मूल्य ह्वात्तै बढाइएको हो ।

बस्तुको मूल्य ह्वात्तै बढ्दा यस वर्षको दसैंमा मारमा पार्नु परेको आम उपभोक्ताको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी । असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन्

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली (हुम्ला) । हुम्ला जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा

निरन्तरको पहिरोले कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण शनिबार पनि बन्द नै

नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा काठमाडौंमा सिजाङ सांस्कृतिक सप्ताह सुरु

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा शनिबारदेखि