उपयुक्त विकल्प नभएसम्म राष्ट्रिय अभिलेखालयको कार्यालय नसार्ने : मन्त्री भट्टराई



संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय नसार्ने अडान लिएका छन् ।

शुक्रबार राष्ट्रिय अभिलेखालयको ५२ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सर्वोच्च अदालतसँग आवश्यक परे छुट्टै सहमति गरेर भएपनि राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न नदिने बताएका हुन् ।

सर्वोच्च अदालतले २०७१ साल बैशाख २५ गते मन्त्रीपरिषदले गरेको निर्णयलाई आधार बनाएर राष्ट्रिय अभिलेखालयको कार्यालय त्यहाँबाट हटाउन पटक–पटक पत्राचार गर्दै आएको छ ।

मन्त्री भट्टराईले भने बरु त्यस सम्बन्धमा सर्वोच्च अदालतसँग बसेर छलफल गर्ने तर सो अभिलेखालयको कार्यालय तत्काल अन्यत्र सार्न नदिने अडान राखे । उनले राष्ट्रिय अभिलेखालयजस्तो संवेदनशील तथा ऐतिहासिक महत्वको कार्यालय उपयुक्त विकल्प तयार नभई अन्यत्र सार्न नमिल्नेस्पष्ट पारे ।

मन्त्री भट्टराईले राष्ट्रिय अभिलेखालयमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको पूर्ति तत्काल गर्ने आश्वासन पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति ?

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपाको केपी ओली समूहका नेता इश्वर पोखरेलले प्रधानमन्त्री केपी

७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको

दलहरुबीच सहमति हुन्छः सभामुख सापकोटा

चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त

कांग्रेस नेता जोशीको स्वास्थ्यमा केही सुधार

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको नर्भिक