पत्रकारलाई दशैँ पेश्की दिन माग



काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ ।

ती सञ्चारगृहले सूचना तथा प्रसारण विभागको प्रेसपास प्रयोजनार्थ पत्रकारको तलबी विवरण अझैसम्म पनि नबुझाएको प्रति पनि शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सबैभन्दा धेरै पत्रकार आवद्ध रहेको शाखा अध्यक्ष शान्तराम बिडारीले विज्ञप्ति जारी गरी बढ्दो महङ्गीलाई ध्यान दिई स्वरोजगारमुखी तथा साना लगानीमा सञ्चालित मिडियाबाहेकका पत्रकारलाई न्यूनतम पारिश्रमिक मासिकरुपमा कम्तीमा पनि ३० हजार हुनुपर्ने स्मरण गराएका छन् ।

नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवासुविधा लागू गरे/नगरेको अनुगमन गरिरहेको छ ।

“पत्रकारहरुलाई राज्यले तोकेको व्यवस्था अनुरुपको सेवासुविधा तत्काल दिन माग गर्दछ,। अन्यथा यसको हिसाब किताब गरी आगामी दिनमा कडा सङ्घर्षमा उत्रन बाध्य हुनेसमेत चेतावनी दिन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ, “त्यसका लागि केन्द्रसँग समेत हातेमालो गरेर तालाबन्दीलगायतका जुनसुकै प्रकारका आन्दोलन गर्न बाध्य हुने अवगत गराउँछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाको टोली स्वदेश फिर्ता

काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली

तिनकुने घटनाको निष्पक्ष छानबिन गर्न मानव अधिकार आयोग समक्ष पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले तिनकुने हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको जलाएर हत्या

वर्ष समीक्षा २०८१ः ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म

काठमाडौँ । कोभिड–१९ महामारियता निरन्तर मन्दी झेलिरहेको नेपालको अर्थतन्त्रमा यसवर्ष केही सुधारका सङ्केत

अदालतले दियो दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न