किनारामा बसेर कुरा काट्ने प्रवृत्तिसँग केही लाग्दैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले अब कोही पनि कामका लागि खाडी विदेश जानु नपर्ने बताएका छन् ।

सत्तारुढ नेकपाका सांसद् शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम शुरु भए पनि कतिपयले अनावश्यक विरोध गरेको उल्लेख गरे ।

प्रधानमन्त्रीले भने, “अब कामका लागि खाडी र वा विदेश जानु पर्दैन । त्यस्तो वातावरण र मनस्थिति छाडेर देशमै केही गर्न सबै उत्रनुपर्छ । पहिलो पहिले पनि सरकार थिए तर पाइपलाइनबाट अमलेखगञ्जमा किन तेल झरेन ? त्यसकाण अब गर्छु होइन गरेँ भन्दैछु ।”

उनले मुलुकका ५७ लाख चर्पी निर्माण भएर खुला दिसामुक्त राष्ट्र घोषणा भएको र अन्य विकास निर्माणका काम भइरहेको विषयलाई पनि देख्न कलाकर्मीलाई आग्रह गर्दै सामाजिक सुरक्षा कार्यक्रम, तुइन विस्थापन, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र सयौँ पुल निर्माण भएको र अब नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालिएको जानकारी दिए ।

“किनारामा बसेर कुरा काट्ने प्रवृत्ति छ तर सरकारले गरेका एक वर्षपछिका कामहरु इतिहासमा मानिसहरुले नसुनेका कामहरु भएका छन् ।” प्रधानमन्त्री ओलीको भनाइ थियो, “कमलरीको उन्मूलनको प्रस्ताव हामीले दर्ता गरेका थियौँ । कमलरीको जीवन व्यतित गर्नेहरु अहिले संसद्मा पुगेका छन् । परिवर्तन यही हो । सयौँ वर्षदेखि जनतालाई लुटेर खाएर आफू जमीदार भएका बसेको स्थितिमा गरिबी उन्मुलन हुनका लागि केही समय लाग्नु अन्यथा होइन ।” उनले चीन र भारतसँगको रेलसम्पर्क पनि जोडिने विश्वास व्यक्त गरे ।

हाल कक्षा ११ अध्ययनरत चौधरीलाई प्रधानमन्त्री ओलीले विद्यावारिधीसम्म शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीले स्थापना गर्यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आर्थिक अपराध अनुसन्धान गरी दोषीउपर गरिने कानुनी कारबाहीलाई

धवलागिरि आरोहणको ६५ वर्ष पूरा

गण्डकी । संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धवलागिरि

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं । उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही गर्नु प्रेस काउन्सिल

सेती र त्रिशूली नदीमा डुबेर तीनजना बेपत्ता

  काठमाडौं । सेती नदीमा नुहाउने क्रममा बेपत्ता बालकको खोजीकार्यको लागि विपद् व्यवस्थापन