किनारामा बसेर कुरा काट्ने प्रवृत्तिसँग केही लाग्दैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले अब कोही पनि कामका लागि खाडी विदेश जानु नपर्ने बताएका छन् ।

सत्तारुढ नेकपाका सांसद् शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम शुरु भए पनि कतिपयले अनावश्यक विरोध गरेको उल्लेख गरे ।

प्रधानमन्त्रीले भने, “अब कामका लागि खाडी र वा विदेश जानु पर्दैन । त्यस्तो वातावरण र मनस्थिति छाडेर देशमै केही गर्न सबै उत्रनुपर्छ । पहिलो पहिले पनि सरकार थिए तर पाइपलाइनबाट अमलेखगञ्जमा किन तेल झरेन ? त्यसकाण अब गर्छु होइन गरेँ भन्दैछु ।”

उनले मुलुकका ५७ लाख चर्पी निर्माण भएर खुला दिसामुक्त राष्ट्र घोषणा भएको र अन्य विकास निर्माणका काम भइरहेको विषयलाई पनि देख्न कलाकर्मीलाई आग्रह गर्दै सामाजिक सुरक्षा कार्यक्रम, तुइन विस्थापन, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र सयौँ पुल निर्माण भएको र अब नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालिएको जानकारी दिए ।

“किनारामा बसेर कुरा काट्ने प्रवृत्ति छ तर सरकारले गरेका एक वर्षपछिका कामहरु इतिहासमा मानिसहरुले नसुनेका कामहरु भएका छन् ।” प्रधानमन्त्री ओलीको भनाइ थियो, “कमलरीको उन्मूलनको प्रस्ताव हामीले दर्ता गरेका थियौँ । कमलरीको जीवन व्यतित गर्नेहरु अहिले संसद्मा पुगेका छन् । परिवर्तन यही हो । सयौँ वर्षदेखि जनतालाई लुटेर खाएर आफू जमीदार भएका बसेको स्थितिमा गरिबी उन्मुलन हुनका लागि केही समय लाग्नु अन्यथा होइन ।” उनले चीन र भारतसँगको रेलसम्पर्क पनि जोडिने विश्वास व्यक्त गरे ।

हाल कक्षा ११ अध्ययनरत चौधरीलाई प्रधानमन्त्री ओलीले विद्यावारिधीसम्म शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन विमानस्थलमा थाइ स्माइल र श्रीलंकन एयरले उडान भर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने

आगामी निर्वाचनका लागि सरकारसँग आयोगले माग्यो विद्युतीय मतदान मेशीन

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश निर्वाचनका लागि विद्युतीय मतदान यन्त्र

लुम्बिनी प्रदेशमा ३२ प्रतिशत रोपाइँ

लुम्बिनी । किसानले धान रोप्ने समयमा प्रर्याप्त मल नपाउँदा र समयमा वर्षा नहुनाले

आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

–रमेश लम्साल, काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ