कांग्रेसले भन्यो–महराको राजीनामा अपूरो



काठमाडौं । नेपाली कांग्रेसले बलात्कार आरोप लागेपछि राजीनामा दिएका संघीय संसदका सभामुख कृष्णबहादुर महराको राजीनामा अपूरो रहेको बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले राजीनामा अपूरो भएको बताएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुख महराबाट दिएको राजीनामा अपूरो भएको बताए । उनले प्रस्ट राजीनामा आउनुपर्ने पनि बताए ।

उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्म भनिएको भन्दै शर्मले भने, ‘राजीनामा दिनु भएको हो कि कार्यवाहक ?’ उनले छानबिनका लागि १ वर्ष लागे संसद कार्यवाहकले नै चलाउने हो भन्दै प्रश्न पनि गरे । महरामाथि लागेको यौन दुव्र्यवहारको आरोप सामान्य नागरिकसरह छानबिन हुनुपर्ने प्रवक्ता शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आसामबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइँदै

काठमाडौं । भारतको आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । उनलाई

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको प्रतिवेदन उच्चस्तरीय आर्थिक

ऊर्जा मन्त्रालयमा अर्को काण्ड, सचिवलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४

म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा

म्याग्दी । कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन्