नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता



काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । क्यानडाको मन्ट्रियलस्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो ।

नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट उडान गर्न सक्ने छन् ।

नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ ।

यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी प्रदेशका तीन मन्त्री सांसदबाट पदमुक्त

बुटवल । लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीको सांसद पद

ठमेलमा चिनियाँ नागरिकद्वारा अवैध मदिरा कारखाना संचालन

काठमाडौं । काठमाडौंको ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध रुपमा मदिरा उत्पादन गर्ने

उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध ठाकुर सर्वोच्चमा

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध

नेपालको आफ्नै भू–उपग्रह राख्ने प्रक्रिया रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको