चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्कको भर्पाइ दिन २४ घण्टे अल्टिमेटम



चितवन । चितवन मेडिकल कलेजले आन्दोलनरत पक्षसँग भएको सहमति अनुरूप काम नगरेको भन्दै विद्यार्थी र अभिभावकले फेरि आन्दोलनको चेतावनी दिएका छन् ।

सहमति अनुसार मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको भर्पाइ र प्रतिवेदन असोज १० गतेभित्र दिनुपर्नेमा नदिएपछि अभिभावक र विद्यार्थीले आन्दोलनको चेतावनी दिएका हुन् ।

मिति कटे पनि भर्पाइ नपाएको भन्दै सोमबार बिहान ११ बजेभित्र भर्पाइ नदिए आन्दोलन गर्ने विद्यार्थी र अभिभावकले चेतावनी दिएका हुन् ।

चिकित्सा शिक्षा संघर्ष समिति र अभिभावक संघर्ष समितिले आइतबार संयुक्त विज्ञप्ती निकालेर यस्तो चेतावनी दिएका हुन् ।

चितवन मेडिकल कलेजले एमबीबीएस सहितका विद्यार्थीबाट सरकारले तोकेकोभन्दा पाँचदेखि २० लाख रूपैयाँसम्म बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए ।

विद्यार्थी, अभिभावक र कलेज प्रतिनिधिबीच भदौं २६ मा चितवन जिल्ला प्रशासनमा वार्ता भएको थियो ।

जसमा कात्तिक १८ गतेसम्म बढी लिएको शुल्क फिर्ता गर्ने र असोज १० भित्र बढी लिएको शुल्क बारे प्रतिवेदन तयार गर्ने र भर्पाइ पनि दिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारी अस्पतालमा विद्युत् महसुल २० प्रतिशत छुट दिने मन्त्रालयको निर्णय

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट

राजेन्द्र तामाङद्वारा महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्यालले पाए सफाइ

काठमाडौँ । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सफाइ दिएको

बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित

काठमाडौँ  । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ