इन्टरनेट सेवाप्रदायक र केवल अपरेटरहरुलाई सहरी सौन्दर्य बिगार्ने तार दशैँअगावै व्यवस्थित गर्न प्राधिकरणको निर्देशन



काठमाडौं । सहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ ।

गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार हटाइदिने बताएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अव्यवस्थित तारका कारण शहरी क्षेत्रमा दुर्घटना बढेको र आगलागीका घटनामा समेत वृद्धि भएकाले नियन्त्रणका लागि पहिलो चरणमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई दशैँअगावै तार व्यवस्थित गर्न आग्रह गरिएको बताए ।

उनले पटकपटक इन्टरनेट सेवाप्रदायक, केवल टेलिभिजन अपरेटर, सङ्घसंस्थालाई आग्रह गर्दा पनि सुनुवाई नभएकाले कानूनी कारवाहीसहित तार व्यवस्थित गर्न आग्रह गरिएको जानकारी दिए । इन्टरनेट तथा केवल सेवाप्रदायकले अनधिकृतरूपमा शहरी क्षेत्रमा तार टाँगेर सौन्दर्य बिगारेका छन् ।

इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाले टेलिफोन तथा बिजुलीको खम्बामा अव्यवस्थितरूपले शहरको सुन्दरतामा नै असर पारेका छन् । काठमाडौँ उपत्यकाका चोकचोकमा तारका कारण समस्या परेको छ । आगलागी हुँदा वरपरका घर तथा आवासमा समेत त्यसले प्रभाव पार्ने गरेको छ ।

केवल अपरेटर तथा इन्टरनेट सेवाप्रदायकले टेलिकम तथा नेपाल विद्युत् प्राधिकरणको खम्बामा टाँगेका तार अलपत्र अवस्थामा छन् । कहीँ पैदल यात्रुलाई समेत पैदल यात्रा गर्न समस्या उत्पन्न भएको छ । लत्रिएका तार व्यवस्थित गर्न प्राधिकरणले यसअघि पनि सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘फिसिङ लिंक’ पठाएर इ–सेवाको एक करोड दुई लाख रकम ट्रान्सफर गर्ने एकजना पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिलाई एसएमएमार्फत ‘फिसिङ लिंक’ पठाएर इ–सेवाको एक करोड दुई लाख

घोडेपानी–पुनहिल घुम्ने पर्यटकको संख्यामा वृद्धि

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या विसं

प्रहरीले विमानस्थलमा दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार भएको घटनामा प्रहरीले छानबिन थालेको

दुई करोड रुपैयाँ बराबरको सुनचाँदीसहित काठमाडौंबाट नौ भारतीय पक्राउ

काठमाडौं । प्रहरीले अवैध सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित नौ