इलामको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई इन्टेग्रिटी आइकनको उपाधि



काठमाडौं । राष्ट्रसेवक कर्मचारीहरुलाई हौसला प्रदान गर्ने एक मात्र प्रतियोगिता इन्टेग्रिटी आइकन नेपालको छैटौं संस्करणको उपाधि इलामको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जितेका छन् ।

एकाउन्टबिलिटी ल्याब नेपालको आयोजनामा भएको अवार्डमा अन्य चार जना प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि हात पारेका हुन् ।

अवार्डको शीर्ष पाँचमा राईसगै वन तथा वातावरण मन्त्रालय आयोजना सहजीकरण शाखा काठमाडौंका शाखा प्रमुख ज्ञानेन्द्रकुमार मिश्र, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग काठमाडौंका खाद्य अनुसन्धान अधिकृत ईश्वरी सुवेदी, भानुभक्त माध्यमिक विद्यालय तनहुँका शिक्षक प्रेमबहादुर दरै र जिल्ला अस्पताल मुगुकी सिनियर अनमी पुण्यप्रभा देवकोटा थिए ।

यस वर्ष पाँचै जनालाई उनीहरूको विशेष योगदानको कदर गर्दै छुट्टाछुट्टै उपाधिबाट सम्मान गरिएको छ । जसअनुसार, चुलाचुली गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई ‘इन्टेग्रिटी विथ एक्सन अवार्ड’ बाट सम्मान गरिएको छ।

यस्तै, सिनियर अनमी देवकोटालाई ‘इन्टेग्रिटी विथ कम्प्यासन अवार्ड’, शिक्षक दरैलाई ‘इन्टेग्रिटी विथ इन्स्पिरेसन अवार्ड’, खाद्य अनुसन्धान अधिकृत सुवेदीलाई ‘इन्टेग्रीटी विथ इनोभेसन अवार्ड’ र शाखा प्रमुख मिश्रलाई ‘इन्टेग्रिटी विथ करेज’ अवार्डबाट सम्मान प्रदान गरिएको छ।

नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन २०१४ देखि ‘इन्टेग्रिटी आइडल’ को सुरु गरेको हो । ‘इन्टेग्रिटी आइडल २०१९’ मा २०१८ डिसेम्बर ७ देखि २०१८ मार्च महिनाको अन्तिमसम्म मनोनयन खुला गरिएको थियो।

जस अन्तर्गत ७१ जिल्लाबाट एक हजार १०० वटा मनोनयन प्राप्त भएको थियो । अनलाइन, सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आह्वान गरिएको थियो।

इन्टेग्रिटी आइकनले तय गरेको पूर्वनिर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न सात चरणको छनोट प्रक्रियापछि स्वतन्त्र निर्णायक समितिले उत्कृष्ट पाँचको छनोट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारी अस्पतालमा विद्युत् महसुल २० प्रतिशत छुट दिने मन्त्रालयको निर्णय

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट

राजेन्द्र तामाङद्वारा महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्यालले पाए सफाइ

काठमाडौँ । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सफाइ दिएको

बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित

काठमाडौँ  । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ