पर्यटन व्यवसायलाई प्रोत्साहन गर्न सरकार प्रतिवद्धः पर्यटनमन्त्री भट्टराई



काठमाडौं । विश्व पर्यटन दिवस आज, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ। ४० औं पर्यटन दिवसको नारा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ भन्ने तय गरिएको छ।

दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरुको आयोजना गरिएको छ। दिवसको अवसरमा विभिन्न नाकाहरुबाट भित्रिने पर्यटकलाई विशेष स्वागत गर्ने कार्यक्रम राखिएको छ।

सो अवसरमा पयटन मन्त्री योगेश भट्टराईले शुभकामना व्यक्त गरेका छन्, उनले शुभकामना दिँदै पर्यटन क्षेत्रलाई उच्च महत्व दिने नीति अनुरूप नेपाल सरकारले पर्यटनका नविनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्ने बताए।

त्यस्तै आगमी दिनमा जनता एवं सरोकार समुदायका सुझाव एवं विज्ञहरूको अध्ययन तथा सिफारिसका आधारमा नवप्रवर्धन र विकास सम्बन्धी योजना र कार्यक्रमहरूलाई तिब्रता दिइने प्रतिवद्धता प्रकट गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, मुख्यरुपमा पर्यटक भित्रिने नाकाहरु, काँकडभिट्टा तथा कञ्चनपुरको गड्डाचौकीलगायतका ठाउँमा पर्यटकलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ। त्यसैगरी होटेल तथा हवाई उडानमा पर्यटकहरुलाई विशेष छुट दिइने कार्यक्रम छ।

नारायणहिटी क्षेत्रमा निर्मित गणतन्त्र पार्कमा पर्यटन दिवससम्बन्धी विशेष कार्यक्रम आयोजना गरिएको छ। त्यस्तै पर्यटन दिवसको विश्वव्यापी नाराबारे अन्तक्र्रिया तथा विभिन्न खेलकुद र र्‍यालीको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली भूटानी शरणार्थी प्रकरण : थप चार जनाको बयान लिइयो

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको

प्रधानमन्त्री र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका

सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी

नेपालको भूमि समावेश भारतको नक्सा नेपालमाथिको अपमान होः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका भूमि समावेश गरी आफ्नो नयाँ संसद भवनमा