विकास गरेर नै जनताको मन जित्न प्रचण्डलाई चिनियाँ विदेश विभाग प्रमुख ताओको सुझाव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओले भेटवार्ता गरेका छन् ।

राजधानीस्थित होटल मेरिओटमा मंगलबार बिहान भएको भेटमा दुबै देशका कम्युनिष्ट पार्टीका गतिविधि बारे कुराकानी भएको थियो ।

अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावले नेपाल राम्रो प्रभाव परेको बताए ।

उनले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्टको सहयोग आगामि दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु ।’

विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने औल्याउनु पर्नेमा उनको जोड थियो । ‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ, ’ ताओको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ

माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । बुधबार

नेताहरुमा धम्कीको भाष्य

शारदाप्रसाद त्रिताल । एकजना मेडिकल व्यवसायी, जो दुई ठूला हौं भन्ने कम्युनिष्ट नेताले

सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टमाथि आक्रमण

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट राजेन्द्र बस्यालमाथी सांघातिक