कर्णाली काठमाडौ साझा मञ्च आवद्ध १० जिल्ला संयोजक चयन



काठमाडौं । कर्णाली प्रदेशवाट काठमाडौ उपत्यकामा वसोवास गरिरहेका साझा अभियन्ताहरु सम्मिलित साझा मञ्चले पूर्णता पाएको छ ।

कर्णाली प्रदेशका १० जिल्लाका साझा मञ्च संयोजकहरु घोषणा गर्न आयोजित समारोहमा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले नवनियुक्त संयोजकहरुलाई माटोको टिका लगाएर पदस्थापन गरेका हुन् ।

कर्णाली प्रदेश अन्तरगतका १० वटै जिल्लाका जिल्ला काठमाण्डौ साझा मञ्चका संयोजक घोषणा भएको छ । भेलाले
जुम्लाका राजबहादुर रोकाया
दैलेखका ज्ञानेन्द्र शाही
कालीकोटका प्रकाश विष्ट
हुम्लाका भिमबहादुर फडेरा
जाजरकोटका अर्जुन रोकाया
सुर्खेतकी कल्पना पन्त
रूकुमका प्रदीप मल्ल
डोल्पाका पूर्ण हमाल र
सल्यानका पुरन रेउले क्षेत्रीलाई साझा सम्पर्क मञ्चको संयोजक चयन गरेको हो ।

घोषणा समारोहमा कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल, ३ नं प्रदेश संयोजक समीक्षा वाँस्कोटा, १ नं प्रदेश संयोजक अनिल भेटवाल, केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार,अब्दुश मिया,केशब दाहाल,नारायण कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसअघिनै कर्णाली काठमाडौ साझा मञ्चको संयोजकमा पवन मल्ल चयन भईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेकूस्थित ऋषेश्वर महादेव मन्दिर परिसरमा ऋषि पञ्चमी पूजा लगाउनेको घुइँचो(फोटोफिचर)

काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी

बाँकेमा झाडापखालाबाट एकजनाको मृत्यु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली