अहिलेको नेकपाबाट समाजवाद आउने कुरा असम्भवः बिजुक्छे



काठमाडौं । नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन शुक्रबारबाट शुरु भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनको उद्घाटन गर्दै अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएकाले सरकारले आफूलाई सुधार्नु पर्ने आवश्यकता औँल्याए ।

उनले अहिलेको नेकपाबाट समाजवाद आउने कुरा असम्भव रहेको दाबी गर्दै वर्तमान सरकारमा सामन्तवाद चरित्र देखा परेको आरोप लगाए । बेरोजगारीको समस्याका कारण विदेशिनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ भन्दै उनले यसलाई रोक्न नसक्नु सरकारको कमजोरी रहेको चर्चा गरे ।

नेमकिपा राजनीतिक चिन्तन बोकेको आफ्नै नीतिमा चल्ने र रचनात्मक आलोचना गर्ने पार्टी भएको बताउँदै अध्यक्ष बिजुक्छेले नेमकिपाले विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दै आएको भनाइ राखे ।

बन्दुक बोक्दैमा कम्युनिष्ट बन्न नसक्ने टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले भने, “क्रान्तिकारी र कम्युनिष्ट बन्ने कसी बन्दुक बोक्ने कार्यबाट हुन सक्दैन, नीति, व्यवहार र चरित्रले कम्युनिष्ट बनेर देखाउन नेकपालाई चुनौती दिन्छु ।” कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले सिन्दूरसँग नागरिकता साट्ने गरी नागरिकता विधेयक पारित गर्न नहुने बताए ।

नेपाल मजदूर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध सङ्घर्ष गर्दै आएको बताउँदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचार विरोधी आन्दोलनमा पार्टीले महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापति प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गुसाई, सिर्जना सायजु, पूर्वसांसद अनुराधा थापामगर विभिन्न भ्रातृ सङ्गठनका अध्यक्षहरुले देशको सार्वभौमिकता रक्षाका लागि नेमकिपा सधैँ अगाडि उभिँदै आएको बताए ।

यसअघि भक्तपुरको च्याम्हसिंह, मध्यपुरथिमिको बोडे र काठमाडौँको कोटेश्वरबाट बाजागाजाका साथ शुरु भएको विशाल र्याली सल्लाघारीमा उद्घाटन सत्रमा गएर समापन भएको थियो ।

आगामी ५ गतेसम्म सञ्चालन हुने नेमकिपाको साताँै महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वा्चित गर्ने बताइएको छ ।

विधान संशोधनमार्फत हाल रहेको २५ सदस्यीय केन्द्रीय समितिलाई परिमार्जन गरी सङ्ख्या बढाउने र पार्टीमा महासचिवको व्यवस्था गर्नेबारे छलफल गरिने पार्टी स्रोतले जानकारी दिएको छ ।

यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौँ खुला मञ्चमा छैटौँ महाधिवेशन सम्पन्न भएको थियो भने पार्टी स्थापनाकालदेखि हालसम्म नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा