भरतपुर महानगरमा एमाले जनप्रतिनिधिले लिए सपथ



२३ साउन, चितवन । मतपत्र च्याँत्नेसँगै बसेर सपथ नलिने अडान लिएका भरतपुर महानगरका एमाले जनप्रतिनिधीहरुले सोमबार अलग्गै सपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेका निर्वाचित १४ मध्ये १२ जना वडाध्यक्षले सपथ लिए ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडाध्यक्षहरुलाई सपथ ग्रहण गराएर प्रमाणपत्र दिए ।

सपथ कहाँ लिने भनेर केहीबेर विवाद समेत भएको थियो । एमाले जनप्रतिनिधिहरुले कार्यालयको हलमा सपथ लिन चाहेका थिए । तर, मुख्य निर्वाचन अधिकृतले आफ्नै कार्यकक्षमा सपथ लिन आग्रह गरेपछि केहीवेर भनाभन भएको हो ।

सपथ कार्यक्रममा एमाले जिल्ला नेताहरु सहभागी भएपनि मेयर रेणु दाहाल अनुपस्थित रहिन् ।

वडा सदस्यहरुले भने मेयरबाटै सपथ लिनुपर्ने व्यवस्था छ । मेयर रेणु दाहाल अनुपस्थित भएकाले एमालेबाट निर्वाचित वडा सदस्यहरुले सपथ लिन बाँकी छ ।

एमाले वडाध्यक्षहरुले सोमबार नै कार्यभार सम्हाल्ने भएका छन् ।

वडा नः ४ र ७ का वडाध्यक्षको सपथ लिन पाएनन् । पराजित वडाध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँंडा इजलासमा निवेदन दिएका छन् । र, जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ नगराउन अन्तरिम आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबी हटानुपर्ने

कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार

इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फाेटाेफिचर)

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको