बयोदामा उपचाररत एक स्वाइन फ्लु बिरामीको मृत्यु



२१ साउन, पाल्पा । पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण आज उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ का ७४ वर्षीय मानबहादुर चिदी रहेका छन् । चिदीको काठमाडौंको कलंकीस्थित बयोदा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको स्वास्थ्य जाँच केन्द्रीय प्रयोगशाला टेकुमा गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार अस्पतालले चिदीको मृत्यु ‘एच वान एन वान’ भाइलले भएको जनाएको छ । उनलाई ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएको थियो ।

ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेका अन्य चार जनाको पनि मृत्यु भएको छ । तर उनीको मृत्यु यही कारणले भएको भन्ने यकिन हुन सकेको छैन ।

मृत्यु हुनेमा पाल्पा जिल्ला माथागढी गाउँपालिका–३ कसेनीकी २८ वर्षीया चन्द्रा राना, माथागढी गाउँपालिका–४ झडेवाकी ६७ वर्षीया वसन्ती कुँवर, रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरका ६५ वर्षीय मानबहादुर कुमाल र गुल्मी जिल्लाको मदाने–१ की १६ वर्षीया अनिता विष्ट रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ज्ञवालीले बताए ।

रानाको साउन १९ गते कुँवरको साउन २० गते, कुमालको साउन १४ गते, अनिताको साउन ६ गते मृत्यु भएको हो । केन्द्रीय प्रयोगशालाको टोली आज नै पाल्पा आउने तयारीमा रहेको ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्याली धावकलाई ‘धरान रन’को उपाधि

धरान। केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन्

महसुल नबुझाउने उद्योगको लाइन नकाट्न प्राधिकरणलाई विद्युत नियमन आयोगको निर्देशन

काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल उठाउन उद्योगहरुमा

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

काठमाडौँ । चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल ११ खर्ब १५