साथीको ५ वर्षे छोरा अपहरण गर्ने राजु पक्राउ



२१ साउन, काठमाडौं । अपरहणमा परेको ५ वर्षे छोरा विशालको शकुसल उद्दार भएपछि विजय चौधरी दम्पत्ति खुसी छन् ।

शनिबार नै मनकामना गएर भाकल अनुसार बोका पनि काटे तर, उनी खुसीसँगै दुःखी पनि छन् । अपहरणकारी आफ्नै साथी पो रहेछन्, जसलाई उनका बाबुले छोरा समान मानेका थिए । उनीहरु एउटै थालमा खान्थे ।

प्रहरीले भन्दा पनि उनले पत्याएनन्, राजु (विक)ले कसरी विशाललाई अपहरण गर्ला र ?

पत्याउनु पनि कसरी ? बाल्यकालको साथी, अहिले पनि उस्तै दोस्ती छ । १२ गते छोरो अपहरणमा परेको केहीबेरपछि नै राजु खोजीमा सघाउन आएको थियो । विशाललाई खोज्दै स्कुल पुगे, नाराबाजी गरे, राति अबेरसम्म पनि साथ दिए ।

तर, अब उनलाई पत्याउन कर लागेको छ, अपहरणको योजनाकार राजु प्रहरी फन्दामा परेका छन् । मनकामना दर्शन गरेर उनी परिवारसहित अपराध महाशाखामा पुग्दा प्रहरीले राजुलाई सार्वजनिक गर्ने तयारी गरिरहेको थियो ।

औपचारिक पत्रकार सम्मेलनपछि प्रहरीले राजुसँगै विष्णु पाण्डेलाई सार्वजनिक गर्‍यो । राजु विकले हुलिया परिर्वतन गर्न कपाल खौरिएका थिए । हातमा हत्कडी र अनुहारमा मास्क लगाएर उनले विशालतिर आँखा लगाउन पनि सकेनन् ।

शिर निहुर्‍याइमात्र रहे । केही पर बसेर हेरिरहेका विशाल चौधरीलाई पनि अर्कै खालको छटपछि थियो । उनले पटक-पटक नजिक जान खोजे तर, सकेनन् । अनुहार एकखालको ‘हिन’ भाव थियो कि छोराको अपहरणकोरी आफ्नै साथी पो रहेछ । यसलाई मैले किन समयमा चिन्न सकिँन ।

प्रहरीले राजु विक र विष्णु पाण्डेलाई लगेपछि विशालले मुख खोले, ‘मैले कसरी पत्याउँ सर । एउटै थालमा खाने साथीले आफ्नो छोरालाई अपहरण गर्‍यो भनेर ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकामा सहकारीको ४ अर्ब ४९ करोड फिर्ताको माग गर्दै ६ हजार भन्दाबढी बचतकर्ताको निवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाहरुबाट

विश्वकप महिला क्रिकेटमा अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

  काठमाडौँ।   आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा नेपालले टस

सुनको मूल्य तोलाको एक लाख ६० हजार 

  काठमाडौँ । सुनको मूल्य बुधबार प्रतितोला एक लाख ६० हजार रुपैयाँ पुगेको

रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालतमा रुपन्देहीमा उपस्थित भएका