पूर्वका ९ जिल्लामा परिषदको बन्द आह्वान, जनजीवन प्रभावित



२२ साउन, ताप्लेजुङ । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको बन्दको प्रभाव अरुण पूर्वको नौ जिल्लामा बिहानै देखि परेको छ ।

बन्दको कारण बिहानैदेखि मोटरसाइकल, प्रेसका गाडी, कुटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् ।

साउन २२ लाई कालोदिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज लिम्बुवानको ९ जिल्ला बन्द गरेको हो । बन्दलाई लिम्बुवान क्रान्तिकारी पार्टीले पनि ऐक्यबद्धता जनाएको छ ।

साउन २२ गते कै दिन लिम्बुवानको तत्कालीन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषद्ले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् ।

बन्दमा प्रेस कूटनीतिक नियोगका गाडी, परीक्षार्थी बोकेको गाडी, एम्बुलेन्स, शब बहान तथा मोटरसाइकलहरुलाई छुट दिने परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास