चाडपर्व नजिकिएसँगै बागबजारमा खुलेआम जुवातास



२० साउन, डडेल्धुरा । अमरगढी नगरपालिकाको सदरमुकाम बागबजारको विभिन्न स्थानमा दैनिक लाखौको जुवा हुँदा पनि प्रहरी प्रशासन मौन देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट एक किलोमिटरको दुरीमा रहेको बागबजारमा खुलेआम लाखौको जुवा खेलिरहेको भएपनि नियमनकारी निकाय मौन देखिएको छ ।

प्रहरी कार्यालय नजिकै यसरी खुलेआम जुवातास खेलिरहँदा पनि प्रहरी मौन बसेको स्थानीयले गुनाशो गरेका छन् ।

जुवाडेहरुका आफन्तले पट्कपट्क गुनासो गरे पनि प्रहरी प्रशासनले जुवा तास रोक्न अहिलेसम्म कुनै पहल नगरेको उनीहरुले बताए छन् । ‘प्रहरीले चाहे तुरुन्तै बन्द हुन्थ्यो,’स्थानीय अगुवा महिला पद्मा गुरुङ्ग भन्छिन, ‘तर चासो नदेखाएकै कारण दिनप्रतिदिन झन जुवा तास खेल्नेको संख्यामा बृद्धि भइरहेको छ ।’

सदरमुकामको बागबजारका केही स्थानमा दैनिक ज्यालादारी गर्नेदेखि लिएर ठूला व्यापारीहरु समेत दैनिक लाखौको जुवा खेल्ने गर्दछन् ।

उता जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाही भने बजारमा जुवा खेलेको बारे आफू अनविज्ञ रहेको बताउँछन ।

उनले जानकारी नै नआएको कारण कुनै प्रकारको ‘एक्सन’ लिन नसकिएको उबताए । डीएसपी शाहीले अहलिे चाडपर्व नजिकिएसँगै आफूहरुले सुरक्षा व्यवस्था चनाखो वनाउने तयारी गरेकोले सदुमुकाममा मात्र नभई गाँउमा हुने जुवातास नियन्त्रणका लागि पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस

बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४