काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैली र प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार सामाजिक संजालमार्फत मन्त्री पुनले यसले सुशासन र समृद्धिको यात्रामा अवरोध पुर्याएको बताएका हुन् ।
उनले भनेका छन्, ‘प्रष्टसँग सोझै भन्नु पर्दा नेपालको प्रशासनिक काम गर्ने तरिका र प्रक्रिया कछुवाको गति भन्दा पनि धेरै नै कम रहेछ । त्यही कछुवा गतिलाई पनि अझै कृपावादी पापी समूहहरुले बीच बीचमा अल्भयाएर अगाडि बढ्न नदिने रहेछन् । अनि कसरी हुन्छ त देशमा सुशासन, प्रगति र समृद्धि ? छोटो कार्यकालमा देशको हितमा केही काम अगाडि बढाउन कोसिस गर्दाको अनुभव हो यो ।’

प्रतिक्रिया