देशमा हजार समस्या छन् । हजार समस्यासँगै हजार समाधान पनि छन् । सायदै कुनै त्यस्तो समस्या होला जसको समाधान नहोला । समस्याको पहिचान गरी सही समाधान दिनु कुनै पनि नेतृत्वको बेसिक क्वालिटी हो । यदि समस्या झाङ्गिदै र जटिल हुँदै गयो भने नेतृत्वले आफ्नो असक्षमता बुझ्नु पर्छ र अरूलाई मार्ग प्रशस्त गर्नुपर्छ । त्यसो नगर्दा उक्त व्यक्तिबाट पार्टी, समाज र देशकै विकासक्रममा वाधा पुग्न गई देशमा आम वितृष्णा जाग्छ भने देश अधोगति तर्फ उन्मुख हुन्छ ।
हालका देशमा विद्यमान सबै समस्याहरूका समाधान छन् । जनताका हरेक प्रश्नका जवाफ र समाधान छन् । खालि उत्तरदायित्व बहन गरेको जवाफदेही व्यक्ति आँफै समस्याको मूल कारक वा बेनिफिसरी हुनु भएन । चोर र भ्रष्टाचारी स्वयंले आफैलाई कारवाहि गर्दैन वा त्यसलाई नियन्त्रण गर्ने नियम वा व्यवस्था बनाउँदैन । जसबाट आम समाज वितृष्णातर्फ उन्मुख हुन्छ वा वितृष्णा फैलाउने कुतत्व सक्रिय हुन्छन् । जसमा स्वभाविक रूपले जनताको साथ मिल्छ ।
नेपालमा सबैभन्दा रोचक प्रसङ्ग त के छ भने खलिफाको स्थापना हेतु स्वयं एजेन्सीले समस्या स्थापित गर्छ र खलिफालाई सजधज गरेर ज्ञानको प्रति मूर्ति भन्दै बेसार दलेर चोकमा निकाल्छ । ज्ञान सबै उनैको, उद्देश्य सबै उनैको केवल खलिफाको थुतुनोको गरिमा !
नेपालमा सबैभन्दा रोचक प्रसङ्ग त के छ भने खलिफाको स्थापना हेतु स्वयं एजेन्सीले समस्या स्थापित गर्छ र खलिफालाई सजधज गरेर ज्ञानको प्रति मूर्ति भन्दै बेसार दलेर चोकमा निकाल्छ । ज्ञान सबै उनैको, उद्देश्य सबै उनैको केवल खलिफाको थुतुनोको गरिमा !
समस्या जसरी स्थापित गरिएका छन्, त्यो भन्दा सहजताका साथ समाधान हुन्छन् । समस्या कुन उद्देश्यले स्थापना भएको छ ? समस्या सधैँ आफैँ सिर्जित हुँदैन चाहे त्यो व्यक्तिगत, राजनीतिक, सामाजिक, धार्मिक वा राष्ट्रिय किन नहोस् त्यसको पछाडि निहित उद्देश्य हुन्छ । त्यसलाई बुझ्न सामान्य चेतना र घटनाहरूको क्रमिकतालाई बुझ्नु आवश्यक हु्न्छ । त्यसै केहि पनि प्राप्त हुँदैन । मूलतः कमजोर चरित्र रहेका व्यक्ति, संस्था वा समूहलाई आर्थिक रूपमा प्रयोग गरी समाजलाई निहित स्वार्थ तर्फ उन्मुख गराइन्छ । सङ्गठित समूह राजीतिक, राष्ट्रवादीहरुको पनि हुन्छ त्यसो त आपराधिक वा देशद्रोहि मानसिकता बोकेकाहरूको पनि हुन्छ, यो समूह सामान्य दिनचर्या गरी जीवनयापन गर्ने आम मानिसहरूका लागि सर्वथा खतरापूर्ण हुन्छ । किनकी असल उद्देश्य बोकेको संस्थाको नेतृत्व पनि कुनै अभिष्ट बोकेको पात्रहरूको अधिनमा पुग्यो भने त्यसले आम नागरिकको जीवनयापनमा समस्या खडा गर्दै जान्छ ।
असल नियत भएका मानिस र संस्था पनि सधैँ सफल हुन्छन् भन्ने छैन, उनीहरूको असल नियत र प्रयत्नका बावजुद असफलता हात पर्न सक्छ त्यस अवस्थामा आम नागरिकको सहयोग र साथ जरूरी हुन्छ वा अझै असल नेतृत्वतर्फ समाज उन्मुख हुनुपर्छ । भूराजनीतिक प्रभावबाट आक्रान्त नेपालका हरेक व्यक्ति र समूहका गतिविधि चाहे त्यो न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका अन्तर्गतका संघ, प्रदेश, स्थानीय निकायका कानूनी, बजेट वा नियुक्ति हुन् या व्यवसायिक साना देखी ठूला घराना किन नहुन् । मन्दिर, गुम्बा देखी मस्जिदसम्मका व्यवस्थापनलाई जकडाइ राखेको सङ्गठित समूहको परिचालन समेत बुझ्न आम नागरिक वा राजनैतिक पार्टीमा आवद्ध कार्यकर्ताले जरूरी भएको छ ।
असल नियत भएका मानिस र संस्था पनि सधैँ सफल हुन्छन् भन्ने छैन, उनीहरूको असल नियत र प्रयत्नका बावजुद असफलता हात पर्न सक्छ त्यस अवस्थामा आम नागरिकको सहयोग र साथ जरूरी हुन्छ वा अझ असल नेतृत्वतर्फ समाज उन्मुख हुनुपर्छ ।
राज्य संरचनानै जतिबेला कुतत्वको संरचनागत दासत्वमा फँस्छ त्यतिबेला आमनागरिकको विरोधका स्वर वा आन्दोलनले अझ नराम्रोसगँ समाज, राष्ट्र थलिन पुग्छ । यो त बिरामी घोडाले दौड जितेन भनेर असन्तुष्टि जनाए बराबर हुन्छ । यसका लागि पहिला घोडाको पेटमा रहेका परजिवी नष्ट गर्न जरूरी हुन्छ । त्यस्तै देशले गति लिन नसक्नुका पछाडि पनि राज्यका हरेक संरचना भित्र गडेर रहेका परजिवीहरूलाई निमिट्यान्न पारेर देशलाई गति लिन सक्ने बनाउन जरूरी हुन्छ ।
पृथ्वीमा शक्ति सन्तुलनका लागि हुँदै गरेको सङ्घर्ष र त्यसका अहम स्टेकहोल्डरहरु हाम्रा छिमेकी मित्र राष्ट्रहरु चीन र हिन्दुस्तान विरूद्ध भइरहने गतिविधिले नेपाललाई सधैँ अधोगतितर्फ धकेलिरहने छ । हाम्रो पुरानो कहावत नजिकको छिमेकी नचिड्याउनु भनेको दुःख र सुख, आठो र किल्लो, मर्दा र पर्दा, साँध र सिमाना आदिमा मात्रै छिमेकीको आवश्यकता पर्ने होइन छिमेकी रिसायो भने उ बाटो छेक्न समेत पछि पर्दैन । त्यसैले पहिला घरछिमेकका छिमेकीसगँ सम्बन्ध राम्रो राख्न जरूरी छ भने त्यसपछि पल्लो गाउँका छिमेकीसगँ सम्बन्ध राम्रो राख्न जरूरी हुन्छ । सबै छिमेकीको स्वार्थ बुझेर तदनुरूप आफ्नो घर सुरक्षित राख्नु र व्यवस्थित राख्नु हर घरमुलीको कर्तव्य भित्र पर्छ । घरमुली व्यविचारी निस्किएमा विरोध र आन्दोलन गरेर घर डढाउनेतर्फ लाग्नु वुद्धिमानी हुँदैन भने यथाशीघ्र नयाँ जवाफदेही अभिभावकको नेतृत्व चयन अपरिहार्य हुन्छ ।
देशले गति लिन नसक्नुका पछाडि पनि राज्यका हरेक संरचना भित्र गडेर रहेका परजिवीहरूलाई निमिट्यान्न पारेर देशलाई गति लिन सक्ने बनाउन जरूरी छ ।
हालै घटेका दक्षिणपूर्वी एसियायी मुलुक बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र हिन्दुस्तान भित्र साथै एक आपसका शक्ति सङ्घर्ष नेपाल तर्फ बढाउदै गरिएका घट्नाक्रमले प्रष्ट्याउछ भने वर्तमान समयमा नेपाललाई नै मास डिप्रेसन (सामूहिक अवसाद)तर्फ लैजानका लागि एजेन्सीहरू सक्रिय देखिन्छन् । त्यसको नेतृत्वका लागि केहि खलिफाहरू सिर्जित छन् । जो आफ्नो कर्तव्य र जिम्मेवारीतर्फ जवाफदेही नभइ आम नेपालीको वितृष्णालाई हतियार बनाएर समाज र राष्ट्र भाँड्न उद्धत छन् । यी खलिफाहरू राजनीतिक नेतृत्वदेखी कर्मचारीतन्त्र, पत्रकारिता, मानव अधिकार, सामाजिक अभियन्ता, व्यवसायी, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता आदि विभिन्न स्वरूपमा समाज विखण्डन गर्न परिचालित छन् । यो नेपालमा ठूलो शक्तिका रूपमा परिचालित छ । स्वार्थ समूह यिनकै अघिपछि घेरामा रहन्छन् तर आम नेपालीले यिनीहरूको स्वार्थ, देश र समाजको आवश्यकतालाई बुझ्दै आम नेपालीलाई सजग गराउँदै देशलाई सुरक्षित रूपमा विकास तर्फ उन्मुख गराउन अपरिहार्य छ ।

प्रतिक्रिया