बाजुराका कुशल कार्कीले टप गरे इन्जिनियरिङ्ग स्नातक प्रवेश परीक्षा



काठमाण्डाै, इन्जिनियरिङ्ग अध्ययन संस्थानले लिएकाे शैक्षिक सत्र २०७९।८० काे स्नातक प्रवेश परीक्षाकाे नतिजा प्रकाशित भएकाे छ । झण्डै दश हजार विद्यार्थी सहभागि रहेकाे परीक्षामा ६७२२ जना विद्यार्थीहरु उत्तिर्ण भएका छन् ।

इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत आंगीक र सम्बन्धन प्राप्त कलेज गरी १५ कलेजमा ४३४४ सिट रहेका छन् । सर्वाेत्कृष्ट अंक सहित बाजुराका कुशल कार्कीले एक नम्बरमा नाम निकाल्न सफल भएका छन् । त्यस्तै अमृत बास्काेटा र दिव्य राज यादव क्रमशः दाेस्राे र तेस्राे स्थान हासिल गर्न सफल भएका छन् । उत्कृष्ट अंक ल्याएर तेह्राैँ नम्बरमा नाम निकाल्न सफल प्रशंसा श्रेष्ठ महिला तर्फ एक नम्बरमा नाम निकाल्न सफल विद्यार्थी हुन् ।

काठमाण्डाैकाे ट्रिनिटी इन्टरनेशनल कलेजमा कक्षा ११ र १२ अध्ययन गरेका कार्कीले १ वर्ष अघि देखि थापाथली स्थित पिइएमा प्रवेश परीक्षाकाे तयारी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक

काठमाडौँ । हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि

निर्देशिका पालना गर्दैनन् स्कुल बसका चालक, यान्त्रिक अवस्था पनि कमजोर

काठमाडौं । बालबालिका बोक्ने स्कुल बसहरू निर्देशिकाले तोकेको मापदण्डसमेत पूरा नगरी सञ्चालन नहुँदा

सहरका शैक्षिक संस्थाभन्दा कम छैन, शान्ति मावि

ढोरपाटन । बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी

मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने युवाको प्रयास

म्याग्दी । आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको