‘डी सिने अवार्ड’मा ‘मारुनी’को वर्चस्व



काठमाडौं । शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा नेपाली फिल्म ‘मारुनी’को वर्चस्व देखिएको छ । २ बर्ष अगाडि रिलिज भएका फिल्महरुलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड ‘मारुनी’ले प्राप्त गर्यो ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मबाट निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि अवार्ड जिते । अवार्ड ग्रहण गर्दै फिल्मकी निर्मात्री पूनम गौतमले भनिन्–‘राम्रो फिल्म बनाएको खण्डमा मुल्यांकन हुँदोरहेछ भन्ने महशुश भएको छ । आगामी दिनमा अझै उत्कृष्ट फिल्म बनाउने वाचा गर्दछु ।’

अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड जितेका थिए । कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र नायिका शोभिात सिंखडा अवार्डको जुरी थिए । नायिकातर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही चलचित्रबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर फिल्मको अवार्ड पनि ‘छ माया छपक्कै’को पोल्टामा गयो । कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्दलाई प्रदान गरियो । नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई अवार्ड प्रदान गरिएको थियो ।

छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित प्रदान गरियो ।
विभिन्न २७ विधामा प्रदान गरिएको अवार्डका विजेताहरुको नाम यसप्रकार छः
१. उत्कृष्ट पाश्व संगीतः एलिस कार्कीः साङ्लो
२. उत्कृष्ट ध्वनीमिश्रणः अमित श्रेष्ठः जात्रै जात्रा
३. उत्कृष्ट गीतकारः राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै
४. उत्कृष्ट पाश्र्व गायिकाः इतु जोजीजु – बिर्सन सकिन : मखमलीमखमली
५. उत्कृष्ट पाश्र्व गायकः कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी
६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकारः बसन्त थापा – जुनको जुनेली : छ माया छपक्कै
७. उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ : लभ डायरीज
८. उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज – एम जी रोडैमा : हजार जुनीसम्म
९. उत्कृष्ट द्वन्द्व निर्देशकः श्री श्रेष्ठः साङलो
१०. उत्कृष्ट हाँस्यकलाकार : केदार प्रसाद घिमिरे : छ माया छपक्कै
११. उत्कृष्ट खलपात्र : प्रकाश शाह : साङ्लो
१२. उत्कृष्ट कथा : गोविन्द फूयांल : मारुनी
१३. उत्कृष्ट पटकथा : आशुतोष राज श्रेष्ठ : जाईरा
१४. उत्कृष्ट सम्वाद : रामबाबु गुुरुङ/उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी
१५. उत्कृष्ट नव–नायिका : रुवीना थापा : लभ डायरीज
१६. उत्कृष्ट नव–नायक : अंकीत शर्माः रातो टीका निधारमा
१७. उत्कृष्ट नव–निर्देशक : विराज भट्ट : साङ्लो
१८. उत्कृष्ट चरित्र अभिनेत्री : मिथिला शर्मा : आमा
१९. उत्कृष्ट चरित्र अभिनेता : माओत्से गुरुङ : कबड्डी कबड्डी कबड्डी
२०. उत्कृष्ट सह–अभिनेत्री : स्वस्तीमा खड्का : हजार जुनीसम्म
२१. उत्कृष्ट सह–अभिनेता : जीतु नेपाल : छ माया छपक्कै
२२. उत्कृष्ट छायाँकार : सञ्जय लामा : मारुनी
२३. उत्कृष्ट सम्पादक : बिपिन मल्ल : छ माया छपक्कै
२४. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी : छ माया छपक्कै
२५. उत्कृष्ट अभिनेता : पुष्प खड्का : मारुनी
२६. उत्कृष्ट निर्देशक : नवल नेपाल : मारुनी
२७. उत्कृष्ट फिल्म ::मारुनी : पुनम इन्टरटेनमेन्ट प्रा.लि.
प्रोत्साहन अवार्ड : क्षितिज सुवेदी : वीर विक्रम २
साउण्ड एडिटर : किशोर आचार्य : सानो मन
भिएफएक्स आर्टिस्ट : समिर मियाँ : साङ्लो
वर्षको पपुलर गायिका : मिलन नेवार : चरीले काफल : साङ्लो
निर्देशक : दीपेन्द्र लामा : छ माया छपक्कै
पपुलर फिल्म : छ माया छपक्कै : रोहित अधिकारी फिल्म्स् एण्ड आमा सरस्वती मूभिज् प्रा.लि.।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा