‘इनफ इज इनफ’ अभियानले मंगलबार बसन्तपुरमा प्रदर्शन गर्ने



काठमाडौं । सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाई गरेको भन्दै ‘इनफ इज इनफ’ समूहले सडक प्रदर्शन गर्ने भएको छ । सोमबार काठमाडौंको बसन्तपुरमा पत्रकार सम्मेलन गरी अभियानले सरकारबीच १२ बुँदे सहमति भएको लामो समय हुँदा पनि कार्यान्वयन नभएको भन्दै सडक प्रदर्शन गर्ने जानकारी दिएको हो ।

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियन्ता इशान अधिकारी (इ) सहितका युवाहरु बसन्तपुरमा अनसन बसिरहेका छन् । अभियानले मंगलबार दिउँसो बसन्तपुरमा भौतिक दुरीसहित प्रदर्शन गरिने भन्दै सरकारलाई दवाव दिन सबैलाई अपील समेत गरेको छ ।

अभियानका अभियन्ता बृतान्त खनालले कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास प्रभावकारी बनाउनु पर्ने, नागरिकको जीवन रक्षा गर्नुपर्ने, कोरोना भाइरसको परीक्षण शतप्रतिशत पीसीआर विधिबाट हुनु पर्ने लगायतका बिषयमा सरकारसंग सहमति भएपनि कार्यान्वयन नभएको बताए ।

इनफ इज इनफ अभियानका युवाहरु १० दिनदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि आरडीटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खाना पानी नखाइ सत्याग्रह छन् । अनसनका बसेकाको स्वास्थ्य अवस्था बिग्रदै गएपछि स्लाइन चढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् ।

देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की ।  नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।