काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा १६,३७९ जना रहेका छन् ।
आइसोलेसनमा सक्रिय सक्रमितको संख्या ४,९५० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार ६२६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३,७५४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया