यस्ता छन् कोभिड-१९ को सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड
काठमाडौं । कोरोना महामारीका कारण चैत ११ गतेदेखि लगाएको लकडाउन मंगलबार मध्यरातदेखि हटाएको छ । कोरोनाको जोखिम घटेर नभई लकडाउन लामो समयसम्म रहँदा मानिसको जनजीवन कष्टकर भएको भन्दै सरकारले लकडाउन हटाएको हो । तर अब लकडाउन हटेकाले आफैं सुरक्षित उपाय अपनाउनुपर्ने भएको छ ।
किनकी लकडाउन हट्यो भन्दैमा हामीले आनीबानीमा परिवर्तन नगरेको खण्डमा यसले फेरि ठूलो महामारीको रुप नल्याउला भन्न सकिन्न । त्यसैले स्वास्थ्य मन्त्रालयले कोभिड १९ को सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड तय गरेको छ । यसलाई पालना गर्नु सभ्य नागरिकको दायित्व पनि हो ।