यसरी गर्ने कि हवाइ उडान संचालन ?



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ|

हिंजो बसेको मन्त्रिपरिषद्को बैठकले भाद्र १ गतेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान संचालन गर्ने निर्णय गरेको छ |
होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न सक्छ | कोरोना समुदायमा नफैलिएको कारण हालसम्म नेपाल सुरक्षित छ | अन्तराष्ट्रिय उडान गर्ने बित्तिकै नेपाल कोरोना संक्रमणबाट सुरक्षित छ भनेर भारत लगायत बिभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरु नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा हुनेछ |
ज्ञातव्य छ भारतमा असोजभर कोरोना संक्रमण फैलिएर कार्तिकबाट नियन्त्रण उन्मुख हुने अध्ययनले बताएका छन् |
.
सरकारले हवाइ उडानलाई यसरी निर्णय गर्नु पर्थ्यो –
१. भाद्र १ गतेदेखि संक्रमण कम भएका जिल्लामा आन्तरिक उडान गर्ने |
२. असोज १ देखि नेपाली कामदार भएका देशमा तथा कोरोना संक्रमण नियन्त्रण भएका देशमा मात्र अन्तराष्ट्रिय उडान संचालन गर्ने |
३. कार्तिकदेखि क्रमशः संक्रमण नियन्त्रण भएका देशबाट हवाइ संचालनको अनुमति दिने |
..
यो महामारी र सम्भावित सेकेन्ड वेभ ( कार्तिक / मङ्सिरदेखि सुरु हुनसक्ने ) को लागि हामी पूर्ण रुपमा तयारी गर्नुपर्ने अवस्था छ | चाडपर्वको लागि २-३ लाख नेपाली भारतबाट आउन सक्ने तथा करिब १ लाख नेपाली अन्य देशबाट नेपाल आउने सम्भावना छ | उहाँहरुलाई राख्ने होल्डिंग सेन्टर / क्वारेन्टाइन व्यस्थित गर्ने, परीक्षणको क्षमता बढाउने तथा संक्रमितलाई राख्नको लागि आइसोलेसन सेण्टरको प्रबन्ध गर्ने काम सकेर मात्र निर्णय गर्नु बुद्धिमानीपूर्ण निर्णय हुनेछ |
.
हामीले यो तथ्य नबिर्सौं, नेपालमा कोरोना संक्रमण हराएको छैन | ठूला सहर, संक्रमित गाउँ तथा बोर्डर क्षेत्रमा ब्यापक परीक्षण गरेर निचोडमा नपुग्ने बेलासम्म अपरिपक्व निर्णय नगरौं | सरकारको फितलो अनुगमन हाल चलेका सार्वजनिक यातायातले देखाएका छन् |
.
अर्को कुरा महामारी अन्त्य नहुन्जेलसम्म बिकसित देशबाट कुनै पनि पर्यटक नेपाल भ्रमणमा आउने छैनन् | न त हामीहरु भ्रमण गर्न कुनै देशमा जानेछौं |
.
नेपाली कामदार, बिद्यार्थी तथा बाहिर रहनुभएका नेपालीलाई आफ्नो देश आउनको लागि सहजीकरण गर्ने उद्देश्य राखेर मात्र हवाईजहाज संचालन गर्नु सुरक्षित हुनेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार