भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, २५ हजार भन्दा बढीको मृत्यु



छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख पाँच हजार ६ सय ३७ पुगेको वल्डोमिटरले जनाएको छ । संक्रमण तीव्र रुपमा बढिरहेको भारतमा पछिल्लो २४ घण्टामा ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। यो एकै दिनमा धेरै संक्रमित हुने नयाँ रेकर्ड हो ।

संक्रमितमध्ये ६ लाख ३६ हजार ६ सय २ जना निको भएका छन् । ३ लाख ४३ हजार ४ सय २६ जनाको उपचार भइरहेको छ । यस्तै २५ हजार ६ सय ९ जनाले भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । विश्वमा सबैभन्दा बढी सङ्क्रमित भएका देशमध्ये अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा पुगेको छ ।

भारतमा दैनिक ३० हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमणको पुष्टि हुने गरेको छ । सङक्रमितको सङ्ख्या बढेसँगै निको हुने दर पनि बढिरहेको छ । भारतमा कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत बिरामी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन

गुजरातमा चण्डीपुरा भाइरसका ३७ संक्रमित फेला

  गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको

श्रीलङ्कामा राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर २१ मा हुने

श्रीलङ्कामा अनपेक्षितरूपमा आएको आर्थिक सङ्कटका कारण भएको देशव्यापी आन्दोलनले निर्वाचित राष्ट्रपतिलाई विस्थापित गरेपछि